अभिनेत्री मिरुना मगरको तस्बिर राख्दै बालेनले दिए मगर दिवसको शुभकामना



काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा झापा ५ का प्रतिनिधिसभा उम्मेदवार बालेनले अभिनेत्री मिरुना मगरको तस्बिर सेयर गर्दै ‘राष्ट्रिय मगर दिवस’ (फागुन १५) को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले नेपाल एकीकरणदेखि वर्तमानका राजनीतिक र सामाजिक रूपान्तरणमा मगर समुदायको भूमिका ऐतिहासिक र सम्मानजनक रहेको स्मरण गरेका छन्। न्यायमूलक र समतामूलक समाज निर्माण गर्नुका साथै वीरतामार्फत विश्वमाझ नेपाली पहिचान चिनाउन यो समुदायको ठुलो योगदान रहेको उनको भनाइ छ।

आफ्नो मौलिक संस्कार, परम्परा, कला र भेसभुसा संरक्षणमा मगर समुदाय उदाहरणीय रहेको उल्लेख गर्दै बालेनले संसारभर छरिएर रहेका सम्पूर्ण मगर समुदायमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu