
काठमाडौं – निता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘पार्वती’ को छायाङ्कन कार्य यही चैत २४ गतेबाट सुरु हुने भएको छ। निर्माण पक्षले फ्लोरमा जानुअघि नै चलचित्रको प्रदर्शन मितिसमेत तय गर्दै आफ्नो तयारीलाई तीव्रता दिएको छ। चलचित्रकी निर्देशक तथा अभिनेत्री निता ढुङ्गानाका अनुसार, यो चलचित्र आगामी भदौ १२ गते रिलिज हुनेछ।
यस चलचित्रमा निर्देशक ढुङ्गाना स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदै छिन्। पर्दामा उनको साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। आफ्नै परिकल्पना, कथा तथा पटकथामा निर्माण हुन लागेको यस चलचित्रको संवाद तथा विस्तृत स्क्रिप्ट लेखन शिवम् अधिकारीले गरेका छन्।


