
काठमाडौं – बलात्कार जस्तो जघन्य अपराधको गम्भीर आरोप लागेका कलाकार सागर लम्साल (बले) लाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकामा अध्ययनरत एक नेपाली युवतीले लगाएको आरोपका आधारमा थप अनुसन्धान गर्न लम्साललाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले पुष्टि गरेको छ।
ती युवतीले शुक्रबार मात्रै सामाजिक सञ्जालमार्फत लम्सालले आफूलाई अमेरिकामै बलात्कार गरेको भन्दै न्यायको माग गरेकी थिइन्।
यो गम्भीर आरोप सार्वजनिक हुनासाथ लम्साललाई निर्माणाधीन चलचित्र ‘पाँच पाण्डव’ बाट बर्खास्त गरिएको थियो।


