सरकारको नयाँ नीति: चलचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई ‘उद्योग’ को मान्यता दिइने



काठमाडौं – नेपाल सरकारले चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री), फोटोग्राफी तथा समग्र डिजिटल सामग्री निर्माण क्षेत्रलाई औपचारिक रूपमै ‘उद्योग’ का रूपमा प्रवर्द्धन तथा विकास गर्ने महत्त्वपूर्ण घोषणा गरेको छ।

संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको उक्त योजना सार्वजनिक गरेका हुन्। लामो समयदेखि मनोरञ्जन तथा सिर्जनात्मक क्षेत्रमा आबद्ध स्रष्टा र पेसाकर्मीहरूले यस क्षेत्रलाई उद्योगको स्पष्ट मान्यता दिनुपर्ने माग राख्दै आएका थिए। सरकारको यस नीतिगत घोषणासँगै अब नेपाली चलचित्र र बढ्दो डिजिटल कन्टेन्ट निर्माण क्षेत्र थप व्यवस्थित, व्यावसायिक र लगानीमैत्री बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu