बिहेपछि लगातार फ्लप भए विद्या बालनका फिल्म



bidya

यो शुक्रवार रिलिज भएको ‘बबी जाजुस’को साथ विद्या बालन कपूरको लागि निकै आशातित थियो । भनेजस्तो भएन । धेरै कारणले गर्दा फिल्म फ्लप हुन पुग्यो । सिद्धार्थ राय कपूरसँग बिहे गरेपछि उनको यो तेश्रो फिल्म हो जुन पिटिएको छ ।

यसअघि बिद्याका राजकुमार गुप्ताद्वारा निर्देशित “घनचक्कर’ तथा फरहान अख्तरको “शादी के साइड इफेक्ट्स’ बक्स अफिसमा कुनै छाप छोड्न नसकेका फिल्म हुन् । वलिउड बिवाहित अभिनेत्रीको करियरलाई लिएर बनेको नकारात्मक धारणाका कारण विद्या पिडित बनेकी हुन् । माधुरी दीक्षित र करीना कपूर खानपनि बिहेपछि चर्चामा रहन सकेनन् ।

‘बबी जाजुस’ले पहिलो दिन १.२५ करोडका साथ ओपनिङ् गर्‍यो । दोश्रो र तेश्रो दिन १.६० र २.२५ करोड कमायो । यो फिल्मले प्रचार-प्रसारको पैसा समेत उठाउन सकेको छैन ।।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu