अर्जुन कपूर भन्छन्, ‘श्रीदेवी मेरा पिताकी श्रीमती मात्र हुन्’



arjoon-shree‘२ स्टेट्स’, ‘गुण्डे’ तथा ‘इशकजादे’ जस्ता शानदार चलचित्रका स्टार अर्जुन कपूरले हालै आफ्नी सौतेनी आमा श्रीदेवी (वलीउड नायिका) को बारेमा आफ्नो सम्बन्ध बारे खुलासा गरेका छन् । एक टीभी शो का क्रममा उनिसँग सोधिएको प्रश्नमा उनले श्रीदेवी मात्र आफ्ता पिताकी श्रीमती भएको र अन्य केहि नभएको बताएका छन् ।

सबैलाई थाहा छ कि अर्जुन बोनी कपूर र उनकी पहिली पत्नी स्वर्गीय मोनाका छोरा हुन् । जतिबेला श्रीको लागि बोनीले मोनालाई छोडेका थिए त्यतिबेला देखी नै अर्जुन र श्रीको मिलन देखिएन । यद्यपी श्रीदेवीले अर्जुनको अपमान भने कहिल्यै गरिनन् ।

अर्जुन कपूर मात्र होइन अन्य थुप्रै वलीउड स्टारहरुले आफ्ना पीताको दोश्रो बिहेलाई सहज स्विकार गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu