कैटरीना भन्दा बढि कमाउँछिन् दीपिका



deepika-kaitrina

यतिवेला दीपिका पादुकोण र कैटरीना कैफ वलीउडका लिडिङ्ग एक्ट्रेस हुन् । उनीहरुका चलचित्र केहि हदसम्म सफलताको ग्यारेण्टी हुन्छन् । यि दुई नायिकाहरु करोडौँ कमाई गरिरहेका छन् ।

पछिल्ला केहि बर्षमा वलीउडमा यि एक्ट्रेसले एक्टरलाई टक्कर दिईरहेका छन् । केहि समय अगाडी सम्म नायकको हालीमुहाली देखिन्थ्यो तर यतिबेला बी-टाउनमा केहि नायिका पनि अगाडी देखिएका छन् । यसमा सबैभन्दा पहिला दीपिका पादुकोणको नाम आउँछ ।

केहि समय पहिले खबर आएको थियो की दीपिका वलीउडकी सबैभन्दा महंगी एक्ट्रेस बनिन् । उनले आफ्नो नयाँ फिल्म ‘बाजीराव-मस्तानी’मा अभिनय गरे बापत ७ करोड भारु. लिएकी छिन् । यो चलचित्र छायांकनमा जाने तयारीमा छ ।

सन् २०१३ दीपिकाको लागि भाग्यमानी साबित भयो । यो बर्ष आएका तीन चलचित्र (ये जवानी है दीवानी, चेन्नई एक्सप्रेस, राम-लीला) ब्लकबस्टर साबित भए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu