भुवन केसीको विश्वास लागेन एमालेलाई, उम्मेदवार सुचिबाट हटायो



bhuwan-kc-UMLठुलोपर्दा डटकम, काठमाण्डौ। आसन्न संविधानसभा-२ को निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारको लागि नेकपा एमालेको तर्फबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट सिफारिसमा परेका नायक भुवन केसीको नाम हटाइएको छ । नेकपा एमालेले भुवनको नाम हटाएर नेत्री सावित्रा भुषालको नाम अगाडी सारेको छ ।

उम्मेदवार सिफारिस हुनु पूर्व नै नेताहरुसँग टिकटको लागि लबिङ्ग गर्दै हिँडेका नायक केसीको नाम एकाएक हट्नुलाई शंकाको रुपमा हेरिएको छ । श्रोतका अनुसार अन्य पार्टीको प्रतिद्वन्दीको तुलनामा नायक भुवन केसी बलियो दाबेदार नदेखिएको ले पार्टीले उनको नाम हटाएको बताईएको छ । तर यसबारेमा न त नायक केसीले नै केहि भनेका छन् न त एमालेले नै केहि भनेको छ ।

केसीले आफ्नो नाम किन हटेको त्यो बारेमा थाहा नभएको भन्दै प्रत्यक्ष नभए पार्टीले आफुलाई समानुपातिक तर्फबाट संविधान भवनमा तान्ने आशा व्यक्त गरेका छन् । आगामी मंसिरमा हुने निर्वाचनको लागि चलचित्रकर्मीको तर्फ बाट अगाडी सरेका अन्य दुइ व्यक्ति अभिनेत्री रेखा थापाको नाम एमाओवादीको तर्फबाट पर्सा क्षेत्र नम्वर १ बाट र प्यूठान क्षेत्र नम्वर २ मा नेपाली काङ्ग्रेसको तर्फबाट नायक तथा रोज राणाको नाम भने चर्चा मै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu