ट्याक्सी चलाउने रणदीप कसरी भए हिरो ?



randeepबलीउडमा विस्तारै सफलतातर्फ कदम बढाईरहेका अभिनेता रणदीप हुड्डाले बुधवार आफ्नो ३८ औँ जन्मदिन मनाएका छन् । सन् २००१ मा ‘मनसुन वेडिङ्’ नामक चलचित्रबाट आफ्नो सफर शुरुआत गरेका रणदीपले हालै सलमानको साथमा ‘किक’मा काम गरेका थिए । बितेका १३ बर्षे दौरानमा उनले केहि सफल चलचित्रमा काम गरिसकेका छन् । तापनि उनि अहिलेसम्म ‘लिड एक्टर’मा सफल हुन भने सकेका छैनन् ।

२००१ मा करियर सुरु भएतापनि उनको पहिचान २०१० मा ‘वन्स अपन टाइम इन मुम्बई’ बाट मात्र देखिन थालेको हो । यसको अलावा रणदीपले ‘साहेब बीवी और गैंगस्टर’ तथा पूर्व पोर्नस्टार सन्नी लियोनसँग ‘जिस्म २’मा काम गरेका छन् । यो दुवै चलचित्र ‘बेड सिन’का कारण चर्चामा रहे ।

२०१२ मा करीनाको साथ ‘हीरोइन’मा देखिए । ‘मर्डर ३’ मा पनि अभिनय गरेका रणदीपको अब आउने चलचित्र ‘रंग रसिया’ हो जसमा उनि नन्दना सेनको साथमा देखिनेछन् ।

अस्ट्रेलियामा ट्याक्सी चलाउथे रणदीप
रणदीपले एक अन्तरवार्ताको समयमा बताएका छन् की उनले अस्ट्रेलियामा ट्याक्सी चलाउने काम गर्थे । आफ्नो अध्ययनको लागि खर्च जुटाउन ट्याक्सीबाट आएकोले समेत धौ-धौ पर्थ्यो । त्यतिबेला उनको ट्याक्सीमा व्यापारी देखि लिएर कलाकारहरु समेत चढ्ने गर्थे । अव समय बदलिईसकेको छ, आज उनिसँग लाखौँको सम्पत्ती छ’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu