‘कोहिनूर’ इजरायलमा प्रदर्शन हुँदै, सबै रकम अक्षयकोषमा आउने



kohinoor-shree-sweta1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
स्व. नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’ इजरायलमा प्रदर्शन हुँदैछ । नेपालमा सफलताका साथ ५१ औँ दिन पार्दै अझै पनि चलिरहेको यस चलचित्रको इजरायल रिलिज मिति १४ नोभेम्बर, २०१४ (शुक्रवार) तोकिएको छ ।’ Selfie Disco Hall 3rd Floor near the Super Market inside Ta Takhana मा प्रदर्शन हुने चलचित्रलाई श्रीकृष्ण पत्नी स्वेता खड्काकी दिदि संगीता खड्का र बहिनी आरिया खड्काले प्रदर्शन गर्न लागेका हुन् ।

चलचित्र प्रदर्शन अगाडी एक सभा गरी श्रीकृष्णलाई श्रद्दाञ्जली दिईने बताईएको छ । स्व. नायक श्रेष्ठले नै ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएर निर्माण गरेको यो चलचित्र उनि आँफैले हेर्न नपाई निधन भएको थियो । कोहीनूरमा श्वेताले मुम्बईमा बेचिएकी नेपाली चेलीको भूमिका निर्वाह गरेकी छिन् । श्रीकृष्णले उनलाई मुम्बईको कोठीबाट उद्धार गर्न गरेको प्रयासलाई चलचित्रको मुख्य विषय बनाइएको छ । मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित यो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा आदि कलाकारहरूले अभिनय गरेका छन् ।

स्व. श्रीकृष्णको सम्मान र पत्नी स्वेताको हौसला बढाउन इजरायलवासी सबै नेपाली कोहिनुर हेर्न जाने बिश्वास लिईएको छ ।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu