कपिलले नेपालीमा भने, ‘म नेपाल आउँदैछु’ (भिडियो सहित)



kapil

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर २७ गते काठमाडौं आउन लागेका भारतका चर्चित कमेडियन कपिल शर्माले आफु काठमाडौंको रंगशालामा सबैलाई हँसाउन आउने बताएका छन् । एनसेलले तयार पारेको उक्त भिडियोमा कपिल शर्माले नेपाली भाषामा बोल्दै आफु सिता, सगरमाथा, वुद्ध भएको देश नेपालमा आउन लागेको बताउँदै उनले सबैलाई उक्त सांगीतिक कार्यक्रममा सहभागी हुन पनि आग्रह गरेका छन् ।

निकै अप्ठ्यारो तरिकाले नेपाली भाषा बोल्दै उनले उक्त कुरा भनेका छन् । एनसेलले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यहि मंसिर २७ मा सांगीतिक तथा मनोरञ्जले भरिपूर्ण कार्यक्रम, एनसेल पर्पल फेष्ट आयोजना गर्न लागेको छ । सोहि कार्यक्रमको लागी कपिल शर्मासँगै बलिउडमा चर्चित गायक सोनु निगम पनि नेपाल आउँदैछन् । पर्पल फेष्टमा नेपाली तथा भारतीय कलाकारहरुको उपस्थिती रहनेछ ।

कार्यक्रममा भारतका चर्चित हास्यव्यङ्ग कलाकार कपिल शर्मा र साङ्गितिक व्यक्तित्व सोनु निगमले नेपाली गायकहरु सुगम पोखरेल, यम बुद्द तथा जीतु नेपाल र विल्सन विक्रम राईका साथ संगीत र ठट्टा प्रस्तुत गर्नेछन् । यहि कात्तिक ३० देखि मंसिर २६ गतेसम्म १ जी बी वा त्योभन्दा धेरै डाटा एक्टिभेट गर्ने एनसेलका कुनै पनि ग्राहकहरुले काठमाडौं उपत्यका कुनै पनि तथा वनेपाका एनसेल सेन्टरबाट पर्पल फेष्टको टिकट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकको सहजताका लागि एनसेलले तीन प्रकारका टिकटहरु उपलब्ध गराउने छ । कर वाहेक २९९९ मूल्य रहेको १० जीबी प्याकको खरिद गर्नेले गोल्ड टिकट, कर वाहेक १३९८ मुल्यको २ जीबी (१ जीबी प्लस १ जीबी प्याक) खरिद गर्नेले सिल्भर टिकट र कर वाहेक ६९९ रहेको १ जीबी डाटा प्याक खरिद गर्नेले ब्रन्ज टिकट प्राप्त गर्नेछन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu