ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अभिनेता तथा चलचित्र निर्देशक अनुप बरालले दोस्रो चलचित्र निर्माणको घोषणा गरेका छन् । आल्प इन्टरटेन्मेन्टको प्रस्तुती रहने चलचित्रलाई अनुपले निर्देशन गर्ने भएका हुन् ।
केहि दिन भित्र चलचित्रको नाम सार्वजनिक गर्ने बताउँदै अनुपले आफ्नो दोस्रो निर्देशनमा निर्माण हुन लागेको चलचित्रलाई आाफुले उत्कृष्ट बनाउने दाबी समेत गरेका छन् । उनले यस भन्दा अघि फिटकिरी नामक चलचित्र निर्देशन गरेका थिए । चलचित्रको कथा राजन कठेतले लेखेको जानकारी दिदैं निर्देशक बरालले चलचित्रमा मनोज अधिकारी र सविन ज्ञवालीले लगानी गर्ने पनि खुलाएका छन् ।
फिल्मका कलाकारहरुको अडिसन काठमाडौं, धरान र भोजपुरमा गरिने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रका लागि ११ वर्षदेखी ५५ वर्ष सम्मका कलाकारले आवेदन दिनसक्ने निर्देशक बरालले बताएका छन् । चलचित्रको कथा गाँउले परिवेशमा घुम्नेछ। हाल चलचित्रको स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको छ।