युवा गायकलाई अवसर दिएर गीत ल्याउँदै चलचित्र निर्माता कृष रिजाल



krish

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अमेरिकामा रहेर नेपाली चलचित्र तथा गीत-संगीतलाई बिशेष योगदान पुर्‍याउँदै आएका युवा गीतकार तथा चलचित्र निर्माता कृष रिजालले फेरी अर्को नयाँ गीत ल्याउने भएका छन् । अंग्रेजी नयाबर्षको सुरुवातीसँगै उनले ‘प्रेम पत्र’ बोलको गीतको भिडियो सार्वजनिक गर्दैछन् ।

कृषले उक्त गीतमा युवा गायक प्रमोद प्रवीणलाई अवसर दिएका छन् । कृषले लेखेको उक्त गीतमा प्रमोदको स्वर तथा संगीत रहेको छ । गीतको भिडियोलाई सञ्जय बरालले निर्देशन गरेका छन् । गीत ‘अस्विकार प्रेम पत्र’ नामक एल्बममा समावेश छ ।

यसअघि रिजालले शिव परियार लगाएतका चर्चित गायक-गायिकाहरुसँग काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu