‘बिर्खे’ निर्देशक अराजले ‘जिग्री’ निर्देशन गर्दै



Araaj-Keshav

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘बिर्खेलाई चिन्छस्’ बाट चलचित्र निर्देशन कार्यमा डेब्यू गरेका निर्देशक अराज केशब गिरीले अब अर्को नयाँ चलचित्र ‘जिग्री’ निर्देशन गर्ने भएका छन् । संगीतमा स्थापीत अराजले निर्देशन गरेको पहिलो चलचित्र ‘बिर्खेलाई चिन्छस’ले राम्रो प्रतिक्रिया पाएपछि उनको उचाई चुलिएको हो ।

अब उनले संगीत सगैं चलचित्र निर्देशन कार्यलाई पनि सँग सगैं लैजाने बताएका छन् । अराजका अनुसार चलचित्र ‘जिग्री’ एक्सन सहितको रोमान्टिक कमेडी चलचित्र हुने बताएका छन् । रोज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘जिग्री’ को छायांकन फागुनको दोस्रो साताबाट सुरु हुने बताइएको छ ।

कलाकारको अडिसन चाडै सुरु हुने बताएका अराजले चलचित्रमा नयाँ कलाकारहरुको बाहुल्यता रहने बताएका छन् । चलचित्रमा रन्जना राईको शब्दमा महेश खड्काले संगीत रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu