शाकीराको स्वर बाख्रीको जस्तो !



shakira

विश्व चर्चित पप स्टार शाकीराको स्वरका फ्यान कति होलान् । सायद असंख्य, किनकी उनका फ्यानहरु संसारका कुना कुनामा छन् । आफ्नो सुरीलो स्वरकै कारण विश्व चर्चित बनेकी शाकीराको स्वरलाई एक म्यूजिक टिचरले बाख्रीको जस्तो स्वर भएको बताएका छन् ।

यो कुरा शाकीरा स्कुल पढ्दै गर्दाको हो । साथीहरुसँग गीत गाउने प्रयास गर्दै गर्दा आफ्नो म्यूजिक टिचरले तिम्रो स्वर बाख्रीको जस्तो नराम्रो छ भन्दै रिहल्सन नै गर्न नदिएको शाकीराले बताएकी छिन् । टीन एजमा टीचरको यस्तो व्यवहारले आफू केही निराश बनेको पनि उनी बताउँछिन् ।

उनी भन्छिन् ‘हुन त मेरो स्वर टीन एजमा नराम्रै थियो । तर मेरो बुबाले मलाई संगीतमै रम्ने वातावरण बनाएर आज म यो ठाउमा आईपुगेको छु’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu