कृष्णले बजारमा ल्याउँदै संयोग



krishna

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली सांगीतिक आकाशमा नयाँ-नयाँ प्रतिभावान कलाकारहरुको उदय भइरहेको छ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य बनाउन खोज्नेहरु पनि धेरै छन् । गायनमा अगाडी बढिरहेको नयाँ पुस्ता माझ एक नयाँ नाम हो कृष्ण घिमिरे । सानैं देखी गायक बन्ने सपना बुनेका घिमिरे हाल अमेरिकामा बस्ने गर्छन । नेपालमा रहदा धेरै सांगीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेका घिमिरेले रेडियो पथिवारा, लगाएत अन्य रेडियोमा एड्स, जिंगल जस्तो थुप्रै विज्ञापन देखी गीतहरुमा आवाज भरिसकेका छन् ।

गीतको भिडियो बनाउन रुचि राख्ने घिमिरेले स्वरुप राज आचार्यको स्वरमा रहेको तिमी टाढा हुदा बोलको गीतको भिडियो बनाइसकेका छन् भने थुप्रै छोटो फिल्महरु, ड्रामा भिडियोहरु बनाइसकेका छन् । नयाँ आउने प्रतिभावन कलाकारका लागि घिमिरे सहयोगको हात अघि बढाउन समेत पछि हट्दैनन् । अमेरिकामा हुने सांगीतिक कार्यक्रममा घिमिरेले आफ्नो प्रस्तुती समेत दिदैं आएका छन् । यसरी नै सिक्दै जाने क्रममा घिमिरे मार्फत एउटा गीति संग्रह सबै माझ आउने भएको छ ।

संयोग मार्फत स्रोता माझ आउन लागेका उनले जस एल्बममा पाचवटा गीतहरु रहने घिमिरेले जानकारी दिए । यो एल्बममा समावेश सबै गीतहरु कर्णप्रिय रहेका कृष्ण घिमिरेले बताए । केहि समय भित्रमा नै उक्त एल्बम दर्शक माझ दिएर आउने पनि घिमिरेले बताएका छन् । नेपाली सांगीतिक आकाशमा आफुलाई स्थापित गराउने क्रममा संयोग एल्बममा समावेश गीतहरुले धेरै ठुलो भुमिका खेल्ने पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu