सय करोडकी रानी दीपिका २९ बर्षमा प्रवेश



deepika

बलिउडमा पछिल्लो समय आफुलाई सफल नायिकाको रुपमा परिचय बनाएकी बलिउड अभिनेत्री दीपिका पादुकोण आजबाट २९ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९९८६ जनवरी ५ तारिखमा जन्मिएकी दीपिका आजदेखि २८ बर्ष पुरा भएर २९ बर्षमा लागेकी छिन् ।

‘ओम शान्ति ओम’वाट बलिउडको रंगिनपर्दामा उदाएकी दीपिकाले अहिलेसम्ममा करिब १ दर्जन भन्दा बढि बलिउड फिल्महरुमा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेका प्राय चलचित्रहरुले बलिउड बक्स अफिसमा १०० करोड पार गरेका छन् । पछिल्लो पटक उनले अभिनय गरेको चलचित्र ‘ह्याप्पी न्यु इयर’ प्रदर्शनमा आएको थियो ।
रामलीला चलचित्रमा अभिनय गरेपछि बलिउड अभिनेता रणवीर सिंहसँग प्रेमसम्बन्धमा रहेकी दीपिकाले यस बर्षनै बिवाह गर्ने बताइएको छ । सन् २००४ मा उनले फुलटाइम मोडलको रुपमा करिअर सुरु गरेकी थिइन् । बलिउडको पर्दामा देखिनु भन्दा अगाडी दीपिकाले अनुपम खेरसँग अभिनय र साइमक दाभरसंग नृत्य सिकेकी थिइन् । दीपिका अमिताभ बच्चन, शाहरुख खान र अमिर खानकी फ्यान हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu