‘आभाष’लाई ‘पिजी सर्टिफिकेट’



aavas-PG

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र आभाषले पिजी सर्टिफिकेट पाएको छ । सोमवार सेन्सर बोर्डका सदस्यहरले चलचित्र आभाष हेरेपछि चलचित्रलाई पिजी सर्टिफिकेट दिएका हुन् । चलचित्रमा समावेश केहि दृश्यले गर्दा चलचित्रले पिजी सर्टिफिकेट पाएपनि सेन्सरका सदस्यहरुले चलचित्रलाई निकै मनपराएका चलचित्रका कलाकार एवं निर्माता गोविन्द शाहीले बताएका छन् ।

पुष २५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई हेर्न अब १६ बर्ष मुनिका बालबालिकाले अभिभावक साथमा हेर्नु पर्नेछ । ‘आभाष’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । आभाषमा संयम पुरी, आष्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी प्रकृति श्रेष्ठ, सुनिल रावल, गोविन्द शाही लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्वन्द्व, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । चलचित्रमा गोविन्द शाही, पवन श्रेष्ठ र दिपक शाहीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu