ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषको वियोगान्त गीत रिलिज भएको छ । चर्चित गायक कमल खत्रीको आवाजमा रहेको यो जीवन नामक सार्वजनिक गीतमा गायक कमल खत्री नै देखिएका छन् भने उनको अलवा सार्वजनिक गीतमा सयंम पुरी, सलोन बस्नेत, आष्मा डिसी, प्रकृति श्रेष्ठ, निशा अधिकारी देखिएका छन् ।
निकै मनछुने गीत भएका कारण यस गीतले दर्शकको मनछुने निर्माता गोविन्द शाहीले बताएका छन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा माथि उल्लेखित कलाकारहरु नै मुख्य भुमिकामा छन् । पवन श्रेष्ठ, गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्रलार्य सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
गीत हेर्नुहोस्: