एउटै नेपाली गीतमा ४२ जना मोडलको अभिनय (भिडियो सहित)



ko-hu-ma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अमेरिका र नेपाल दुवै देशमा उत्तिकै चर्चा कमाएको नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले आफ्नो दोस्रो एल्बम ‘को हुँ म’को टाइटल ट्रयाकमाथि म्युजिक भिडियो निर्माण गरी सार्वजनिक गरेको छ।

आफ्ना हरेक सांगितीक प्रस्तुति तथा तीनको म्युजिक भिडियोमा केही न केही नयाँ र अनौठो प्रयोग गर्दै आएको द भाइब्ज व्याण्डले को हुँ म बोलको यसको शिर्ष गीतको भिडियोमा पनि नयाँपन दिएको छ। व्याण्डले यसको एउटै गीतको भिडियोमा ४२ जनालाई मोडलका रुपमा प्रस्तुत गरेको छ। भिडियोमा विभिन्न उमेर समूह र वर्गका नेपाली तथा अमेरिकी मोडलहरु आउँदै जाँदै गर्छन्। हरेक मानवले आफ्नो पहिचान र अस्तित्व खोजी गर्ने विषयमाथि बनाइएको भिडियोको ९५ प्रतिशत छायााकन अमेरिकामा गरिएको छ।

व्याण्डका भोकलिष्ट प्रइन सिंह, गितारिस्ट रुपक लामा तथा अन्य नेपाली तथा अमेरिकी मोडलहरुको छायांकन अमेरिकी शहर सान फ्रान्सिस्कोमा गरिएको छ भने नेपालमा रहँदै आएका व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठको अंश काठमाडौंमै छायांकन गरिएको छ।

अमेरिकामै जन्मेको द भाइब्ज व्याण्डले आफ्नो पहिलो एलबमस्वरुप द भाइब्ज जेनेरेशन नामक एल्बम बजारमा ल्याएको थियो। नेपाली रक संगीतको क्षेत्रमा अत्यन्त चर्चा कमाउन सफल उक्त एलबमको थाकी सके गोडा हात बोलको रक गीत र त्यसको म्युजिक भिडियोले छोटो समयमै राम्रो लोकप्रियता हासिल गर्न सफल भएको थियो। सो भिडियो अहिलेसम्मकै नेपाली म्युजिक भिडियोमध्ये सर्वाधिक लगानीमा तयार पारिएको थियो। भिडियोको लागत ६ लाख ४० हजार रुपियाँ (तत्कालिन अमेरिकी मुद्रा १० हजार डलर) थियो। त्यसै गरी त्यही पल बोलको अर्को गीत र त्यसको भिडियोले पनि उचाई हासिल गर्न सफल भएको थियो।

द भाइब्ज व्याण्डले अहिले सार्वजनिक गरेको म्युजिक भिडियो भने यो व्याण्डको सातौं म्युजिक भिडियो हो। व्याण्डले यसअघि पहिलो एल्बमको थाकी सके गोडा हात, खै के भो, त्यही पल र आमा बोलको गीतको म्युजिक भिडियो आफ्ना शुभचिन्तक र प्रशंषकका लागि श्रव्यदृश्य उपहारको रुपमा पस्किएको थियो भने दोस्रो एलबम को हुँ मको फसेँ म र हाम्रो तारा बोलको गीतको म्युजिक भिडियो उपहार दिएको थियो।

व्याण्डका सदस्यहरु प्रायः अमेरिकामै रहेकाले यो व्याण्ड नेपालमा भन्दा बढी अमेरिकामा सक्रिय छ। यसका बाबजुद व्याण्डले गत वर्ष ललितपुरस्थित पाटन दरबारमा चुज अर लुज नामक भव्य रक कन्सर्ट गरेर थप लोकप्रियता पाएको थियो।

ब्याण्डले एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल भएको थियो भने सोही एल्वमको थाकिसकें बोलको गीतमाथि बनेको म्युजिक भिडियोले लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्ट स्थान कायम गरेको थियो।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu