बन्द-हड्तालका कारण चलचित्र ‘इच्छा’ रिलिज स्थगित, छिट्टै अर्को मिति घोषणा हुने



ichha-magh-2

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
संविधान जारी हुने मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द-हडतालका कारण चलचित्र ‘इच्छा’को रिलिज मिति स्थगित भएको छ । राजधानीमा माघ २ र उपत्यका बाहिर माघ १ गते नै रिलिज हुने लक्ष्य सहित प्रचार-प्रसारमा रहेको यो चलचित्रको अर्को रिलिज मिति भने तय नभईसकेको निर्देशक मुनाल घिमिरेले बताए । घिमिरेका अनुसार रिलिज मिति धेरै परको हुने छैन ।

फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको यो चलचित्रलाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान- श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।

चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu