आयो ‘नाई नभन्नु ल ३’को पहिलो गीत



Anubhav-Nai-Nabhannu-La

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
हिट सिरिज ‘नाई नभन्नु ल’को तेश्रो चलचित्र ‘नाई नभन्नु ल ३’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको दोश्रो सिरिजमा प्रेम परियारको स्वरमा रहेको गीतले तहल्का पिटेको थियो । यसपटक भने चलचित्रमा संयोग योगीलाई गाउन लगाईएको छ ।

संगीतकार बसन्त सापकोटाका शब्द रहेको गीतमा राजेश पायल राई, रजिना रिमाल र संयोग योगीले स्वर दिएका छन् । गीतमा अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईंटेल र सुरज सिंह ठकुरीको अभिनय प्रस्तुत गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । लाई नचाएका छन् ।

अघिल्लो सिरिजको शिर्ष गीतका कारण नै चलचित्र ब्लकबष्टर भएको समिक्षा भएको थियो । अघिल्लो हिट गीतमा भन्दा यसपालीको गीत बढि दम भएको चलचित्र युनिटले बताएको छ । अघिल्लो हिट गीतलाई यसपालीको गीतले पछाडी पार्ला त ? गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu