ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पछिल्लो समय म्युजिक भिडियोमा राम्रो सफलता हात पार्दै गएका चर्चित मोडल सनम कठायतले अभिनय गरेको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सक्छौं भने भुल प्रिय नामक सार्वजनिक भिडियोमा सनम, र्सिजुल र अमरले अभिनय गरेका छन् । विष्णु भट्टको स्वर र संगीतमा रहेको सार्वजनिक गीतलाई निशा केसीले लेखेकी हुन् ।
आफ्नो मन पार्ने साथीले आफ्नै प्रेमिकालाई प्रेमजालमा पार्दाको पिडा सनमले भिडियो मार्फत व्यक्त गरेका छन् । रविन्द्र बरालले निर्देशन गरेको सार्वजनिक भिडियोमा प्रदिप दाहालको सम्पादन र शालिग्राम दुलालले भिडियोलाई खिचेका हुन् ।
भिडियो हेर्नुहोस्: