शिख धर्मगुरुको हत्याको कथावस्तु आधारित भएर निर्माण भएको बलिउड चलचित्र ‘मेसेन्जर अफ गड’ विवादमा फसेको छ । २३ जनवरी मा रिलिज हुन लागेको फिल्मीलाई प्रदर्शन स्वीकृति दिने सेन्सर बोर्डको निर्णय विरुद्द भारतका पञ्जाव र हरियाणा राज्यमा शुक्रवार विरोध प्रदर्शन भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ग्रुमित रामरहिम सिंहले निर्देशन गरेको शुक्रबारै रिलिज हुने भनिएको फिल्म विवादका कारण केहि दिन पर सारिएको छ । शिख धर्मगुरुको हत्याको कथावस्तु भएको फिल्मले शिख आस्थालाई अपमान गरेको भन्दै शिख समुदायले फिल्म विरुद्ध प्रदर्शन गरेको बताइएको छ ।