ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बैशाख ११ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेशम फिलिली’को ‘जालैमा’ बोलको अडियो गीत सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटा र सोमिया बराईलीको स्वर रहेको सार्वजनिक गीतमा संगीतकार बाँस्कोटा र मानस राजको शब्द रहेको छ ।
विनय श्रेष्ठको भी मोसन पिक्चर्सको व्यानरमा तयार भएको चलचित्र ‘रेशम फिलिली’ यसअघि बेलायत र अमेरिकामा बिक्री भइसकेको छ । प्रणव जोशी निर्देशित फिल्ममा विनय, मेनुका प्रधान, कामेश्वर चौरासिया लगायतको अभिनय छ । विनयले यसअघि ‘भिजागर्ल’ फिल्म निर्माण गरेका थिए ।
गीत सुन्नुहोस्: