वर्ल्ड टुरमा जाँदै राजेश, नन्दिता र हिमाल सागर



rajesh-nandita-hima;

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक राजेश हमाल,नायिका नन्दिता केसी,गायक हिमाल सागर र यात्रा फाउन्डेसनका रोशन पराजुलीले वर्ल्ड टुर गर्ने भएका छन् । यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा उनीहरु सहभागी हुन लागेका हुन् । उनीहरुको टुर मार्चबाट सुरु हुनेछ ।

विश्वमा नेपाली कलासँस्कृति प्रस्तुत गर्नुका साथै पर्यटन विकासका लागि वल्र्ड टुरमा सहभागी हुन लागेको नायिका नन्दिता केसीले जानकारी दिइन् । नेपाली कलासंस्कृति तथा मौलिक पहिचानलाई विश्वसामु पुर्‍याएर वर्ल्ड टुरले मदद्त गर्ने नायक राजेश हमालले बताएका छन् ।

टुरमा आफुहरुले नेपाली कला,सस्कृति लगायत विश्वमाझ चिनाउन प्रयास गर्ने हमालले बताए । जेनेभाबाट सुरु हुन लागेको वर्ल्ड टुर उपलब्धि मुलक रहने गायक हिमाल सागरले बताए । नेपालमा पर्यटक भित्र्याउन पनि आफुहरुको वल्र्ड टुरले मद्दत गर्ने गायक सागरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu