जेठ आठमा ‘बर्दी’ आउँदै



bardi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको दोश्रो चलचित्र ‘बर्दी’ रिलिजको लागी तयार भएको छ । निर्माता आचार्यका अनुसार जेठ ८ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ ।

‘बर्दी’लाई विजय विक्रम बस्नेतले निर्देशन गरेका हुन् । समाजमा सुरक्षा निकायले खेल्ने भुमिकाको बिषयमा तयार यस चलचित्रमा अनु शाह, रुपा खनाल, कुशल थापा, विरेन डीसी, आरपी भट्टराई, सरोज शाह, म्याण्डी बाबु, भानु प्रताप लगायतका कलाकारको अभिनय रहेको छ ।

कुमार महर्जनको द्वन्द्व, पुरुषोत्तम बस्नेत, दीपेश गौतम र अनिला खड्काको गीत, प्रदिप श्रेष्ठको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ । यस चलचित्रमा गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu