साउथ इण्डियन फिल्मका चर्चित कमेडियन एमएस नारायणा ६३ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । डाक्टरहरुले उनका शरिरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि उनको निधन भएको जनाएको छ । सुरुमा उनलाई मलेरिया भएको पत्ता लागेको थियो ।
विगत दुई दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । अस्पताल भर्ना भएपछि उनको मृगौलाले काम गर्न छोडे पछि डाइलोसिस गरिएको थियो । बिहिबार साँझ डाक्टरहरुले उनको अवश्था चिन्ताजनक रहेको भए पनि उपचारले काम गरिरहेको बताएका थिए ।
उनले आन्द्रप्रदेश सरकारले तेलेगु सिनेमाका लागि प्रदान गर्ने नन्दी अवार्ड पाँचपटक प्राप्त गरेका छन् । उनका एक छोरा र एक छोरी रहेका छन् । उनले करिब ७ सय ५० बढी फिल्ममा अभिनय गरेका थिए ।