सुटिङमा समेत ऐश्वर्याको छोरीलाई विषेश सुविधा



aishworya-with-aaradhya

लामो समयको अन्तरालपछि फेरी बलिउड चलचित्रमा देखिन लागेकी पूर्व विश्वसुन्दरी एवं बलिउडका मेगास्टार अमिताभ बच्चनकी बुहारी ऐश्वर्या राय बच्चन यति बेला बलिउड फिल्म ‘जज्बा’ तयारीमा छिन् । अबको केहि दिन भित्रमा नै चलचित्र जम्बाको सुटिङ हुने बताइएको छ । तर भर्खरै स्कुल जान मात्र थालेकी ऐश्वर्या राय बच्चनकी छोरी अराध्यलाई निर्माण संस्थाले ऐश्वर्याकी आमा छोरीका लागि विषेश किसिमको वेनिटी निर्माण गरेको छ । जहाँ सुटिङ नभएको बेला ऐश्वर्या छोरीसँगै आरामले बस्न पाउनेछिन् ।

ऐश्वर्या सुटिङमा गएको बेला छोरीले खेल्ने, पढ्ने सुविधा पाउनेछिन् । छोरीको चिन्ताले फिल्म खेल्न आनाकानी गरेकी ऐश्वर्यालाई फिल्म निर्माण संस्थाले छोरी अराध्याको सम्पूर्ण ब्यबस्था गर्ने आश्वासन दिने भएपछि अब ऐश्वर्या रायले फिल्म खेल्ने भएकी छिन् । आमा बनेपछि ऐश्वर्याले पहिलो पटक ‘जज्बा’मा अभिनय गर्न लागेकी हुन् । बलिउडका मेगास्टार अमिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग बैबाहिक जीवनमा बाधिएपछि बलिउड चलचित्रमा खासै नदेखिएकी ऐश्वर्या रायले जम्बा भन्दा बाहेक अरु केहि चलचित्रमा समेत पक्का भइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu