अशिष्माको कोकाकोला फिगरको पछि को-को ? (भिडियो)



figure-cocacola

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फेब्रुअरी १ तारिखका दिन सिड्नीको इभेन्ट सिनेमाजमामा प्रिमियर हुन लागेको चलचित्र ‘अधकट्टी’को नयाँ गीत रिलिज भएको छ । ‘फिगर कोकाकोला’ बोलको गीतमा अशिष्मा नकर्मी र प्रदीप बास्तोलालाई फिचरिंग गरिएको छ ।

बसन्त सापकोटाको संगीत, प्रह्लाद तिमिल्सिना र जेनिशा पौडेलको स्वर रहेको यस गीतलाई किरण माइकलले लेखेका हुन् । ‘अधकट्टी’मा प्रदिप, गौरव, आशिष्मा, रिश्ता र विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ । नम्रता श्रेष्ठ र गजित बिष्ट पनि चलचित्रमा अतिथि भुमिका देखिदै छन् ।

चलचित्रमा कविराज गहतराजको नूत्य, बनिश शाहको सम्पादन, रोशन श्रेष्ठको एक्शन, हरि घले लामाको छायांकन रहेको छ । पढाईमा कमजोर दुई युवकले पैसा कमाउने चक्करमा लाग्दा भोगेका समस्याहरुलाई कमेडी शैलीमा चलचित्रमा उतारिएको बताइएको छ । चलचित्रमा सुव्रत आचार्यको निर्देशन तथा प्रदीप कुमार उदयको लगानी रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu