‘अझै पनि’द्वारा विभिन्न क्षेत्रका नौ महिलालाई सम्मान, ट्रष्ट आलोक घोषणा



poonam-gautam-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘अझै पनि’ तथा चलचित्र निर्माण कम्पनी ‘पुनम इन्टरटेन्मेण्ट’ले विभिन्न क्षेत्रसँग सम्बन्धित नौ जना महिलालाई सम्मान गरेको छ । सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको प्रमूख आतिथ्यता तथा उर्जा मन्त्री राधा ज्ञवालीको बिशिष्ट आतिथ्यतामा चलचित्र युनिट, बिभिन्न क्षेत्रका व्यक्तित्वहरु सहित सञ्चारकर्मीको उपस्थितीमा मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सबैले आ-आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान गरिएको बताईएको छ ।

poonam-gautam-2

सम्मानित हुनेहरुमा नेपाली चलचित्रकी नायिका गौरी मल्ल, स्वास्थ्य तर्फ डा. सुदेष्णा श्रेष्ठ, फेसन उद्योग तर्फ शैलजा अधिकारी, सुचना आयोगकी आयुक्त यशोदा तिम्सिना, शिक्षा तर्फ कुमुद भट्ट छतकौली, वातावरण तर्फ सरिता ज्ञवाली, ब्युटिसियन तर्फ रश्मिला श्रेष्ठ, राजनीतितर्फ श्रृजना अधिकारी र बैंकिङतर्फ पवित्रा लिम्बुलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्वहरुले चलचित्र ‘अझै पनि’लाई सफलताको शुभकामना व्यक्त गरे ।

poonam-gautam-4

सुचना तथा सञ्चारमन्त्री रिजालले चलचित्र ‘अझै पनि’को प्रयास सम्मानयोग्य र महत्वपूर्ण रहेको बताए । त्यस्तै उर्जा मन्त्री राधा ज्ञवालीले महिला शसक्तीकरणको निम्ती चलचित्रले चालेको कदम सकारात्मक रहेको बताउँदै हर समयमा आफ्नो सहयोग रहने बताईन् ।

poonam-gautam-5

कार्यक्रममा बोल्दै चलचित्र ‘अझै पनि’की निर्माता पुनम गौतमले चलचित्रले महिलाको कथा बोल्ने बताईन् । सम्मानको लागी महिलालाई नै रोज्नुको मुख्य कारण पनि चलचित्र नारीप्रधान हुनु नै रहेको उनले बताईन् । हरेक क्षेत्रका महिला नेतृत्वकर्तालाई एउटै मञ्चमा उभ्याउँदा चलचित्र क्षेत्रलाई पनि अन्य क्षेत्रको दृष्टिकोण जसरी नै प्रभावकारी बनाउन मद्दत पुर्‍याउने उनको भनाई थियो ।

‘ट्रष्ट आलोक’ घोषणा
त्यसैगरी सोही कार्यक्रममा स्व. निर्देशक आलोक नेम्वाङ्को स्मृतीमा ‘ट्रष्ट आलोक’ घोषणा भएको छ । स्व. आलोककी माता अध्यक्ष रहने गरी उक्त ट्रष्ट अघि बढ्ने निर्माता गौतमले बताईन् । उक्त ट्रष्टको संरक्षक पुनम इन्टरटेन्टमेण्ट रहनेछ । ट्रष्टको पहिलो कार्यक्रम पनि घोषणा गरिएको छ । केहि समयपश्चात नेपाली म्यूजिक भिडियोको इतिहासमा नै पहिलो भिडियो निर्देशक शम्भुजित बास्कोटालाई सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ । करिव आठ सय म्यूजिक भिडियो निर्देशन गरेका आलोकले तीन चलचित्र निर्देशन गरेका थिए । जसमध्ये ‘अझै पनि’ उनक अन्तिम चलचित्र हो ।

सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, बिजय लामा, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक, पुष्प खड्का, बिशाल ढुंगाना लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र फागुन १५ बाट देशव्यापी रिलिज हुँदैछ ।

poonam-gautam-3

रामशरण पाठकले लेखेको यस चलचित्रमा राजेश श्रेष्ठको छायांकन, प्रितम पाण्डेको सम्पादन, महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहको संगीत रहेको छ भने द्वन्द्व निर्देशन अष्ट महर्जनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu