‘क्यान इन्फोटेक’ मा होस्टेल रिटर्न्स, मेला अवधिभर प्रचार गरिने



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बैशाख २५ गतेबाट देशभर प्रदर्शनका आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स’ यूनिटले यति बेला चलचित्रको प्रचार प्रसारमा नयाँपन दिइरहेको छ । केहि दिन अगाडी मात्र चलचित्रको फष्टलुक पोष्टर र प्रोमो लाइभ प्रस्तुती दिएको चलचित्र यूनिट यति बेला नेपाल भित्र सञ्चालनमा रहेका विभिन्न कलेजहरुमा प्रोमो मञ्चन गरिरहेको छ । त्यहि क्रममा चलचित्र होस्टेल रिटर्न्स यूनिटले
बुधबार भृकुटीमण्डमा सुरु भएको प्रविधि मेला क्यान इन्फोटेकमा समेत चलचित्रको प्रचारमा नयाँपन अपनाएको छ ।

क्वीकहिल एन्टिभाइरससँग सहकार्यमा चलचित्रले स्टलमार्फत प्रविधिप्रेमी दर्शकमाझ फिल्मको पब्लिसिटी गरेको छ । ६ दिनसम्म चल्ने मेलामा निर्माता सुनिल रावल, कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, स्वस्तिमा खड्कालगायत सहभागि भएका थिए । मेलाको पहिलो दिन बुधबार निर्माता सुनिल रावल, कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, स्वस्तिमा खड्कालगायत प्रमोशनका लागि मेलामै सहभागि थिए । उनीहरुले मेलाका आगन्तुकहरुविच फिल्मको प्रचार गरेका थिए ।

hostel-returns-quikheal

‘होस्टेल रिटर्न्स’ का डेब्यु अभिनेता श्रेष्ठले पनि प्रविधिमैत्री दर्शकको चाहना र चलचित्रको कथा गाँसिएको बताए । क्यान इन्फोटेकको पहिलो दिन कलाकारले प्रयोगकर्तालाई एन्टिभाइरस, राउटर, चार्जर लगायत उपकरण बेचेका थिए । बुधवार नै क्यान इन्फोटेकको समुद्घाटन समारोहका प्रमुख अतिथि तथा सम्माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंहले फिल्मको युनिट रहेको स्टलको अबलोकन गरी संक्षिप्त जानकारी समेत लिएका थिए । लाखौं प्रविधिमैत्री पुस्ता सहभागि हुने अपेक्षा गरिएको मेलामा पहिलोपटक नेपाली चलचित्रले पब्लिसिटी थालेको हो । ‘हाम्रो फिल्मको कथा पनि इन्जिनियरिङका विद्यार्थीहरुको भएकाले यो प्रविधिसंग पनि जोडिन्छ, त्यसैले हामीले प्रविधि मेलामा चलचित्रको प्रचार प्रसार थालेका हौं’ निर्माता सुनिल रावलले बताए ।

चलचित्रका सम्पुर्ण कलाकार र युनिट मेला अवधिभर यहाँ आउने प्रविधि प्रेमीहरुसँग अन्तरक्रियामा गर्ने पनि निर्माता रावलले बताएका छन् । क्वीकहिल एन्टिभाइरसका नेपाल निर्देशक अक्षय अग्रवालका अनुसार संचालन गरिने लक्की ड्रमार्फत भाग्यमानी ग्राहकलाई गिफ्ट ह्याम्पर र सिनेमाको टिकट उपलब्ध गराइनेछ । सायद र होस्टेल जस्तो सफल चलचित्र निर्माण गरेका सुनिल रावलले चलचित्रको प्रचार प्रसारमा चलचित्रको प्रोमो नै मञ्चन गर्ने पहिलो निर्माता हुन् ।

चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ । दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘होस्टेल रिटर्न्स’ले छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्रेम, आकर्षणलाई प्रस्तुत गर्ने बताईन्छ । चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu