बलिउडका चर्चित नायक सलमान खानको बिहेको बिषयलाई लिएर पटक पटक बिभिन्न हंगामा भइरहन्छ । त्यसो त सलमानको कयैं महिलाहरुसँग अफइयर नचलेको पनि होइन तर पनि कसैसँग उनको बिहे हुने तहसम्म सम्बन्ध कायम हुन सकेको छैन । उनका फ्यान यहि जिज्ञासा छ कि कहिले हुन्छ सलमानको बिहे भन्ने ? त्यहि क्रममा सलमानको बिहे अझै नहुनुको कारण बलिउडकी सदाबहार नायीका रेखाले खुलाएकी छिन् ।
उनी भन्छिन् -‘सलमान म सँग बिहे गर्न चाहन्थे । तर मेरो बिहे अरुसँगै भएपछि सलमान अझै अबिबाहित भएका हुन् । यदि म उनसँग बिहे गर्न राजी भएको भए उनको बिहे धेरै पहिले नै हुने थियो ।’ रेखा यो पनि बताउछिन् की -‘जब सलमान ४/५ बर्षका थिए त्यति बेला उनी आफ्नो बुबाको साथ बिहान-बिहान बांन्द्रा प्रदेशमा मर्निङ वाक जान्थे । त्यति बेला सलमानका बाबु मेरो पछि लागेर हैरान बनाउथे । मर्निङ वाकबाट घर फर्किएपछि सलमान आमासँग ठूलो भएपछि रेखासँग बिहे गर्ने कुरा गर्दथे ।’ उनले ठट्टा गदै भनिन्-‘बिहे अहिले सम्म भएन र त सलमान अझै कुमार छन् ।’