रेखा-पूजा अभिनित चलचित्र ‘छत्तीसको आँकडा’ मंसिर १७ मा प्रदर्शन हुने



काठमाडौं – रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ। सोमबार अभिनेत्री रेखा थापाको ‘बीआर क्याफे’ मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो।

सबिर श्रेष्ठको निर्देशन रहेको यस चलचित्रको कथा दुई महिला पात्रबीचको द्वन्द्वमा केन्द्रित छ। यसअघि सार्वजनिक पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखा थापाले पूजा शर्मालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको दृश्य प्रस्तुत गरिएको छ, जसले यी दुई अभिनेत्रीबीचको पर्दाको कडा टकरावलाई संकेत गर्छ।

चलचित्रमा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको मुख्य अभिनय रहेको छ। चलचित्रमा रेखाको जोडी महेश त्रिपाठीसँग र पूजाको जोडी पहिलोपटक पुष्प खड्कासँग बाँधिएको छ। यसै चलचित्रमार्फत रेखा र निरुता सिंहले ‘दुई पल’ पछि लामो समयको अन्तरालमा पुनः सहकार्य गरेका छन् भने रेखा र पूजा शर्माले ‘उपहार’ पछि एकसाथ काम गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu