अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहलाई पुत्रलाभ



काठमाडौं – अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह मातापिता बनेका छन्। अभिनेत्री अनुले मंगलबार मध्याह्न काठमाडौंको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन्। अभिनेता सविनले फेसबुकमार्फत छोराको हात समाएको तस्बिर सार्वजनिक गर्दै आफूले संसारकै सबैभन्दा अमूल्य उपहार पाएको र हाल आमा-बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

करिब आठ वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्षको असोजमा विवाहमा परिणत गरेका यो जोडीले ‘लक्ष्य’ र ‘आधी बाटो’ जस्ता चलचित्रमा एकसाथ अभिनय गरेका थिए। चलचित्रका साथै पछिल्लो समय उनीहरूले निर्माण गर्ने युट्युब भ्लगलाई पनि दर्शकले निकै रुचाउँदै आएका छन्।

कामको सन्दर्भमा कुरा गर्दा, अभिनेता सविन यतिबेला आगामी असोज ३० गतेबाट प्रदर्शन हुन लागेको आफ्नो नयाँ चलचित्र ‘आ बाट आमा २’ को प्रचारप्रसारमा व्यस्त छन्। यसका साथै उनको लाइनअपमा एक्सन चलचित्र ‘कश्यप’ पनि रहेको छ। यता, अभिनेत्री अनु भने विगत दुई वर्षभन्दा बढी समयदेखि चलचित्र अभिनयबाट टाढा छिन्। उनी पछिल्लो पटक सन् २०२४ मा प्रदर्शन भएको चलचित्र ‘ईश्वर’ मा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu