नवीन पन्त निर्देशित चलचित्र ‘बाकस’ बाट मोडल विक्रम बुढाथोकीले डेब्यु गर्दै



काठमाडौं – नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’ मार्फत चर्चित मोडल विक्रम बुढाथोकीले चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएका छन्। ५०० भन्दा बढी म्युजिक भिडियो (जसमध्ये २०० भन्दा बढी गायक प्रमोद खरेलका गीत) मा अभिनय गरिसकेका विक्रमलाई निर्माण पक्षले चलचित्रका लागि अनुबन्ध गरेको हो। हाल चलचित्रका बाँकी कलाकार र प्राविधिक छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ।

यसअघि नै यस चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा र सुपला सापकोटाका साथै बाल कलाकारहरू रेखा भण्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खड्का अनुबन्धित भइसकेका छन्। सुजिता चौलागाईंको निर्माण रहने यस चलचित्रमा छत्र बहादुर खड्का सह-निर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा दीपक शर्मा र सनम पुरुष राईको सङ्गीत, निर्देशक पन्त र दीपक शर्माको शब्द, महेश पौडेलको छायांकन तथा किरण दाहालको द्वन्द्व निर्देशन (एक्सन) रहनेछ। निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र मनि तामाङ मुख्य सहायक निर्देशक रहेको यस चलचित्रको प्रदर्शन मिति भने छायांकन सम्पन्न भएपछि मात्र तय गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu