काठमाडौं । ट्रु इन्टरटेनर्स प्रा.लि. को निर्माणमा बन्ने नेपाली चलचित्र ‘अरिङ्गाल’ को छायांकन पर्वत जिल्लाको रमणीय स्थल राम्जा क्षेत्रमा सुरु भएको छ। बिहीबार चलचित्रका कलाकार र निर्माण टोलीले क्यामेरा पूजा गरेर छायांकन थालेका हुन्।

चलचित्रको निर्देशन अमृतो स्वामीले गरेका छन्। मुख्य कलाकारका रूपमा नायक निश्चल खड्का र नायिका सोफि धरेलले काम गरिरहेका छन्।
चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामाका अनुसार राम्जामा १० दिन छायांकन गरिनेछ। बाँकी एक महिनाको छायांकन काठमाडौंमा हुनेछ। चलचित्रको विषयवस्तु र अन्य कलाकारबारे निर्माण पक्षले अहिले केही खुलाएको छैन।



