‘जलाकी’को अग्रिम टिकट बुकिङ खुल्यो, सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र



चलचित्र ‘जलाकी’को बुकिङ खुलेको पोस्टरमा उपासना सिंह ठकुरी र सोनम तोप्देन

काठमाडौं । ‘खुस्मा’ फेम निर्देशक अशोक थापा मगरको चलचित्र ‘जलाकी’को अग्रिम टिकट बुकिङ खुलेको छ । क्युएफएक्स चेन, आइएनआइ सिनेमाज र वान सिनेमाजलगायतका मल्टिप्लेक्सले बुधबारदेखि बुकिङ खुलाएका हुन् ।

क्युएफएक्सले सुरुमा उपत्यका भित्र र बाहिर गरी २७ वटा सो दिएको छ । अन्य हलले भने बुकिङ खुलाउन बाँकी छ ।

चलचित्रले मंगलबार चलचित्र केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल प्रमाणपत्र पाएको छ । सेन्सरका सदस्यहरूले पनि चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताए ।

टिजर, ट्रेलर र गीतमार्फत दर्शकको ध्यान तानेको चलचित्रलाई हलमा पनि त्यत्तिकै साथ मिल्ने निर्देशक मगरको विश्वास छ । ‘खुस्मा’पछि यो उनको दोस्रो निर्देशन हो ।

चलचित्रमा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् । उनीहरूसँगै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खडकबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय छ । क्याप्टेन विजय लामा विशेष भूमिकामा छन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा देखिनेछन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । चलचित्र गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu