दोस्रो हप्ता पुगेको चलचित्र ‘झिंगे दाउ २’को मार्मिक गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक



काठमाडौं – गत असोज २ गतेदेखि प्रदर्शनमा आएर दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरिएको छ। चलचित्र प्रदर्शन भएको एक सातापछि सार्वजनिक गरिएको यस मार्मिक गीतमा कुशल बेलबासेको स्वर तथा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ। गीतले आमा घरमा नहुँदाको पीडा र घरमा आमाको महत्त्वलाई गहिरोसँग दर्शाएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाल लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको लेखन गोविन्द फुयाँल र शिशिर चालिसेले गरेका हुन् भने पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन्।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन् भने सह-निर्मातामा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा रहेका छन्। प्राविधिक पक्षतर्फ विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu