फेरि रोमान्टिक हिरो बन्दै आर्यन सिग्देल, चलचित्र‘कन्ये केटो’मा मुख्य भूमिकामा अनुबन्धित



काठमाडौं – एक समय नेपाली चलचित्रका सर्वाधिक रुचाइएका रोमान्टिक नायकमध्ये एक आर्यन सिग्देलले सन् २०२४ को सफल चलचित्र ‘पुजार सार्की’बाट जबरजस्त पुनरागमन गरे। त्यसपछि अहिले नेपाली फिल्ममा सबैभन्दा व्यस्त अभिनेता को होलान् ? भन्ने प्रश्नको जवाफ पाइएको छ – आर्यन सिग्देल। र, त्यो कमब्याक अहिले उनको करिअरका लागि कति महत्वपूर्ण बनिरहेको छ भन्ने कुरा उनको व्यस्तताले नै देखाउँछ।

हरेक दिनजसो कुनै न कुनै चलचित्रको छायांकन सेटमा भेटिने आर्यन अब फेरि नयाँ फिल्ममा अनुबन्धित भएका छन्- त्यो चलचित्र हो ‘कन्ये केटो’। सक्सेस फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि अभिनेता आर्यन सिग्देल र निर्माता तथा निर्देशक भीम लामाबीच कागजी सम्झौता भइसकेको छ। आर्यनले फिल्मको स्क्रिप्ट र आफ्नो पात्र निकै मन परेपछि काम गर्न सहमति जनाएको बताइएको छ।

‘कन्ये केटो’ विशुद्ध प्रेमकथामा आधारित फिल्म हुनेछ। र, प्रेमकथाका फिल्ममा आर्यन सिग्देल कति रुचाइन्छन् भन्ने कुरा नेपाली दर्शकलाई नयाँ कुरा होइन। सायद यही कारणले पनि उनको कमब्याकपछि फेरि एकपटक दर्शकले आर्यनलाई पुरानै रोमान्टिक अवतारमा हेर्न पाउने अपेक्षा गर्न थालेका छन्।

फिल्मको मुख्य अभिनेता तय भइसके पनि अब मुख्य अभिनेत्री र अन्य प्रमुख कलाकारको छनोट अन्तिम चरणमा पुगेको निर्माणपक्षले जनाएको छ। सम्पूर्ण तयारी पूरा गरेर चलचित्र आगामी असोजको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ।

‘पुजार सार्की’पछि आर्यन सिग्देलको करिअरले समातेको गति साँच्चै लोभलाग्दो छ । अब ‘कन्ये केटो’मार्फत उनको रोमान्टिक हिरोको जादु फेरि चल्छ कि चल्दैन ? त्यो हेर्न भने केही समय पर्खिनै पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu