चलचित्र ‘अक्षरा’को ट्रेलर सार्वजनिक, निर्माताको १० प्रतिशत कमाइ उद्धार कोषमा जम्मा गरिने



काठमाडौं – आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। सोही कार्यक्रममा निर्माण पक्षले चलचित्र प्रदर्शनपछि हलबाट निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ।

सार्वजनिक ट्रेलरमा अभिभावकले छोरीको इच्छाविपरीत जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसले निम्त्याउने सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको छ। विनयराज पौडेलको निर्देशनमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्काको मुख्य भूमिका रहेको छ। उनीहरूका साथै चलचित्रमा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’ की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। निर्माता उग्रसेन स्वयंको मूल कथा रहेको चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu