पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र ‘अन्तिम दाउ’को निर्माण घोषणा



काठमाडौं – नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक निर्माण घोषणा गरिएको छ। निर्माण पक्षले दुईवटा ‘फर्स्ट लुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण सुरु हुन लागेको जानकारी दिएको हो। ‘फ्रेम इन मोसन पिक्चर्स’ को प्रस्तुति रहेको यस चलचित्रको निर्देशन बिजु पार्कीले गर्नेछन्। पार्कीको यो डेब्यु निर्देशन हो।

सार्वजनिक गरिएका पोस्टरहरूले चलचित्र एक्सन र थ्रिलर विधामा आधारित रहेको संकेत गरेका छन्। पहिलो पोस्टरमा घना जंगल र पहाडको पृष्ठभूमिमा अनुहारमा चोट र रगत लत्पत्तिएका ६ जना मुख्य कलाकारलाई देखाइएको छ। पोस्टरमा कविता नेपाली र निश्चल प्रधान मुस्कुराइरहेको अवस्थामा छन् भने अन्य कलाकार गम्भीर भावमा प्रस्तुत भएका छन्। त्यस्तै, दोस्रो पोस्टरमा ‘२०२७’ अंक उल्लेख गरिएको छ, जसमा कविता र निश्चलको अनुहारलाई केन्द्रमा राखी विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामालाई घाइते अवस्थामा तल राखिएको छ।

चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र विमल पुरीको मुख्य अभिनय रहनेछ। चलचित्रका सह-निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा हुन् भने कार्यकारी निर्मातामा रमेश शाही ठकुरी र शिशिर पार्की रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu