चलचित्र ‘बाकस’को शुभमुहुर्त सम्पन्न, दशैंलगत्तै छायांकन सुरु हुने



काठमाडौें – पिके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ। ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै चलचित्रको औपचारिक मुहुर्त गरिएको हो। नबिन पन्तको लेखन तथा निर्देशन रहने यस चलचित्रको छायांकन दशैंलगत्तै सुरु हुने निर्माण पक्षले जनाएको छ।

मुहुर्त समारोहमा चलचित्रका मुख्य कलाकारहरू विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, धुर्व कोइराला, पुष्कर राउत, विक्रम बुढाथोकी र बालकलाकार सुपला सापकोटा लगायतको उपस्थिति रहेको थियो। यस चलचित्रमा उनीहरूका साथै हिउँवाला गौतम, रोहित श्रेष्ठ, विमल यादव तथा अन्य बालकलाकारहरूको अभिनय रहनेछ। विशेषतः यसै चलचित्रमार्फत अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ स्क्रिन सेयर गर्दैछन्।

सुजिता चौलागाईं निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता धिरेन्द्र पन्त हुन् भने सह-निर्मातामा राजन सिंह केसी र छत्र बहादुर खड्का रहेका छन्। चलचित्रमा महेश पौडेलको छायांकन, दिपक शर्मा र सनम पुरुष राईको सङ्गीत, सियोन श्रेष्ठको कोरियोग्राफी तथा किरण दाहालको द्वन्द्व निर्देशन रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu