फ्रान्सको ‘रेड मुभी अवार्ड्स’ मा ‘गौथली’ का निर्देशक डा. कपिल रिजाललाई उत्कृष्ट निर्देशकको अवार्ड



काठमाडौं – नेपाली चलचित्र ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। फ्रान्समा आयोजना भएको ‘रेड मुभी अवार्ड्स २०२६’को अटम एडिसनमा उनले ‘उत्कृष्ट निर्देशक (पुरुष)’ विधाको अवार्ड जितेका हुन्।

अवार्डको आधिकारिक वेबसाइटले सार्वजनिक गरेको अन्तिम विजेता सूचीअनुसार डा. रिजाल उक्त विधामा विजेता घोषित भएका हुन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले हात पारेको यो सफलताले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठालाई विश्वसामु थप उँचो बनाएको छ।

यस सफलतासँगै निर्देशक रिजालको सिर्जनात्मक यात्रा र नेपाली चलचित्रको सम्भावना अन्तर्राष्ट्रिय स्तरमा फराकिलो बन्ने अपेक्षा गरिएको छ। अवार्ड प्राप्त गरेपछि निर्माण पक्षले चलचित्रलाई साथ र माया दिने सम्पूर्ण दर्शक, चलचित्रप्रेमी तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu