चलचित्र ‘चंगुल’को राष्ट्रिय भावना बोकेको गीत ‘हार्नेछन् देशका दुस्मन’ सार्वजनिक



काठमाडौं – आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चंगुल’ को राष्ट्रिय भावना बोकेको नयाँ गीत ‘हार्नेछन् देशका दुस्मन’ सार्वजनिक गरिएको छ। विपिन आचार्यको सङ्गीत र विश्व नेपालीको स्वर रहेको यस गीतका शब्द मुख्य अभिनेता रवि कार्कीले लेखेका हुन्। चलचित्रले देश परिवर्तनको हुटहुटी बोकेको एक व्यक्तिको निस्वार्थ सङ्घर्षका साथै जेन्जी आन्दोलन अघि र पछिको परिस्थितिलाई मुख्य कथावस्तु बनाएको छ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको यस चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल र रोहित ढुंगानाका साथै बालकलाकार रिम्शा कार्कीको अभिनय रहेको छ।

प्राविधिक पक्षतर्फ दीपेन बस्न्यातको छायांकन तथा सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रका अन्य गीतहरूमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको सङ्गीत समावेश छ। निर्माण पक्षले यस चलचित्रबाट प्राप्त हुने नाफाको केही हिस्सा घाइते जेन्जी अभियन्ताहरू र बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेको छ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu