चलचित्र ‘झिंगे दाउ २’को प्रिमियर सम्पन्न, उत्कृष्ट प्रतिक्रियासहित बुकिङ खुला



काठमाडौं – भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’को ललितपुरस्थित लाबिम मलको क्यूएफएक्समा प्रिमियर सम्पन्न भएको छ। प्रिमियरमा उपस्थित फिल्मीकर्मी, पत्रकार र समीक्षकहरूले चलचित्रको कथावस्तु, मेकिङ, कलाकारको अभिनय र गीतसंगीतको खुलेर प्रशंसा गरेका छन्। निर्माता सरोज न्यौपाने, कलाकार जयकिशन बस्नेत र समीक्षक सामिप्यराज तिमिल्सिनाले चलचित्रलाई पूर्ण पारिवारिक, मनोरञ्जनात्मक र मौलिक भन्दै दर्शकलाई सपरिवार हेर्न सिफारिस गरेका छन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ। कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता रहेका छन्। चलचित्रको कथा गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् भने पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन्।

प्राविधिक पक्षतर्फ विष्णु घिमिरे ‘कल्पित’ को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ। निर्माण पक्षका अनुसार चलचित्रको अग्रिम बुकिङ खुला भइसकेको छ र देशभरका हलहरूमा उच्च शो प्राप्त गरेको छ। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएलगत्तै चलचित्रको जापान प्रदर्शन अधिकारसमेत बिक्री भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu