
काठमाडौं – आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक चलचित्र ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ। युग भुसालको शब्द तथा सङ्गीत रहेको यस गीतमा भारतीय गायक-गायिका गौरांग शेखर शर्मा र ज्योत्सना जावडाले स्वर दिएका छन्।
सौरभ लामाको छायांकन तथा किरण थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा निखिल र सजिना श्रेष्ठलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा निखिल र सजिनाका साथै प्रमोद अग्रहरी, सञ्जय गुप्ता, रोहित चौधरी, ध्रुव कोइराला, सरिता ज्ञवाली तथा भारतीय कलाकारहरू दीपराज राणा, रघु बाबु र रघू कारुमन्ची लगायतको अभिनय रहेको छ। यसै चलचित्रमार्फत पूर्णिका सिंजापतिले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्।
गीतः



