मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’ को छायांकन सुरु, चैत ४ मा प्रदर्शन हुने



काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘म मदनकृष्ण’ को शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ। निर्माण पक्षका अनुसार पाँचखाल, पनौती र काठमाडौंमा छायांकन हुने यो चलचित्र आगामी चैत ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति र राजकुमार श्रेष्ठको निर्माण रहेको यस बायोपिकलाई मिलन चाम्सले निर्देशन गर्दैछन्। चलचित्रमा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, अन्तरजातीय विवाह, हरिवंश आचार्यसँगको सहकार्यदेखि जीवनका सम्पूर्ण आरोह-अवरोह र सङ्घर्षका पक्षहरूलाई समेटिने निर्देशक चाम्सले जानकारी दिएका छन्।

चलचित्रको मुख्य भूमिकामा महेश त्रिपाठीले मदनकृष्णको र केकी अधिकारीले उनकी पत्नी यशोदाको चरित्र निर्वाह गर्नेछन्। त्यस्तै, अरुण क्षेत्री हरिवंश आचार्यको र वर्षा राउत हरिवंशकी पत्नीको भूमिकामा प्रस्तुत हुनेछन्। उनीहरूका साथै राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, सिर्जना अधिकारी, हिउँवाला गौतम लगायतका कलाकारहरूको अभिनय रहनेछ।

यस चलचित्रलाई काठमाडौं उपत्यकाभित्र करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर रोहित कट्टेल तथा रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्ने जिम्मा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu