
काठमाडौं – आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चंगुल’ को ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा देशको राजनीतिक परिवर्तन र जेन्जी आन्दोलनको सशक्त कथावस्तुलाई प्रस्तुत गरिएको छ। यसअघि चलचित्रको टिजर जेन्जी स्मृति सभाको मञ्चबाट सार्वजनिक गरिएको थियो। निर्माण पक्षले चलचित्रबाट प्राप्त हुने नाफाको केही हिस्सा घाइते जेन्जी अभियन्ताहरू र बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेको छ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको यस चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल र रोहित ढुंगानाका साथै बालकलाकार रिम्शा कार्कीको अभिनय रहेको छ।
प्राविधिक पक्षतर्फ दीपेन बस्न्यातको छायांकन तथा सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। त्यसैगरी, चलचित्रका गीतहरूमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको सङ्गीत समावेश छ।



