पुष्प खड्का र प्रशंसा रायमाझी अभिनित चलचित्र ‘सिन्दूर’ को दाङबाट छायांकन सुरु



काठमाडौं – कस्तुरी प्रोडक्सन प्रा.लि.को प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लि.को सहकार्यमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘सिन्दूर’ को छायांकन पश्चिम नेपालको दाङबाट सुरु भएको छ। एक महिनाको कार्यतालिका बनाएर छायांकन सुरु गरिएको यस चलचित्रमा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको मुख्य जोडीलाई पर्दामा देख्न पाइनेछ।

सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले एक महिलाका लागि ‘सिन्दूर’ को महत्त्व कति हुन्छ भन्ने विषयलाई मुख्य रूपमा उठान गर्ने निर्माण पक्षले जनाएको छ। यसअघि ‘बुलाकी’ र ‘परालको आगो’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा यो चलचित्र तयार हुन लागेको हो।

सञ्जीव सार्कीको लगानी रहने यस चलचित्रका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् भने प्रकाश हमाल निर्माण प्रमुख रहेका छन्। प्राविधिक पक्षतर्फ संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, करण बहादुर साउदको मुख्य सहायक निर्देशन तथा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको सङ्गीत रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu